July 28, 2026
सबै समाचार

नुवाकोटमा सूर्यगढीको नवनिर्मित प्रमुख प्रशासकिय भवनको उद्घाटन

नुवाकोट–सूर्यगढी गाउँकार्यपालिको नवनिर्मित प्रमुख प्रशासकिय भवनको उद्घाटन गरिएको छ ।

नयाँ निर्मित भवनको उद्घाटन पूर्व अर्थ मन्त्री प्रकासशरण महत शुक्रबार चोगतेमा उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री तथा पूर्वप्रदेश मन्त्री, विभिन्न पार्टीका जिल्ला प्रमुख तथा प्रतिनिधिहरु, जिल्लाभित्रका पालिका अध्यक्षहरु, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकारहरुले नृत्य तथा साँगीतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । नुवाकोटमा १२ वटा पालिका छन् । दुई नगर र बाँकी गाउाँलिका छन् । जिल्लामा अधिकांश प्रशासकीय भवनहरु निर्माण भईसकेका छन् भने केही निर्माणाधिन छन् ।

प्रतिक्रिया