May 30, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

१३ वर्षदेखि बन्द र हजारौलाई रोजगारी दिइएको जनकपुर चुरोट पुनःसंचालन गर्ने बहस

काठमाडौं–हजारौलाई रोजगारी दिएको जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना बन्द रहेको लामो समयपछि पुनः संचालन गर्ने बहस सुरु भएको छ ।

नेपालको कुनै बेला मुख्य उद्योगमध्ये पर्ने उक्त चुरोट कारखानाले हजारौंलाई रोजगारी दिने र आन्तरिक उत्पादनमार्फत राजस्व संकलनमा महत्वपूर्ण योगदान पु¥याएको थियो । तत्कालीन श्री ५ को सरकार र पूर्व सोभियत संघको सहयोगमा वि. सं. २०१९ स्थापना भई वि.सं. २०२१ पुस २९ गतेबाट संचालनमा ल्याइएको उक्त चुरोट कारखाना अधिकृत पूँजी ८ करोड रुपैया थियो । सरकारी स्वामित्वमा रहेको थियो ।

उत्पादित चुरोटले अन्तर्राष्ट्रियस्तरमा बजार पाएको थियो । कारखानाबा २ देखि ३ अर्ब चुरोट उत्पादन हुन्थ्यो । उक्त कारखानामा व्यवस्थाकीय कमजोरी, प्रविधि मैत्री, कच्चा पदार्थको आपूर्ति समस्या लगायत नीतिगत अस्पष्टताका कारण देखाएर वि.सं.२०६९ सालताका बन्द गरिएको थियो ।

कर्मचारीलाई तलब खुवाउन नसक्दा काठमाडौको बानेश्वरमा रहेको ६ रोपनी जग्गा समेत विक्री गर्नु परेको थियो । अन्त्यमा कारखाना बन्द भएपछि त्यहाँ ४ हजार भन्दा कार्यरत कर्मचारी र जिल्ला–जिल्लामा रहेका कार्यालय बन्द गर्नु पर्यो भने हजारौंको रोजगारी गुम्यो । कति विस्थापित नै भए । त्यसको असर आन्तरिक अर्थतन्त्रमा असर पर्यो ।

नयाँ सरकार आएसँगै स्पष्ट कानुनी आधार सहित हाल उक्त कारखाना पुनः सञ्चालन गर्नुपर्ने माग बढेर गएको छ । जनस्वास्थ्यमा असर पर्ने देखिएपनि त्यसलाई न्यूनीकरणका उपाय अपनाएर जानुपर्ने बताइएको छ । त्यसैगरी उद्योग विज्ञहरुले आधुनिक प्रविधि भित्र्याएर, पारदर्शी व्यवस्थापन गरी सबैको सहयोग लिएर जान सके कारखानाले पुनजीवन पाउन अपेक्षा गरिएको छ ।

फोटोः नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया