July 28, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४९ करोड बजेट

काठमाडौं–ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाको बजेट ल्याएको छ ।


उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले बुधबार चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याएकी छन्् ।

बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको उनले जनाइन् ।
चालु आवमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन भएकोमा आगामी आवका लागि कर्मचारीहरुको तलव वृद्धि तथा प्रोत्साहन, प्रशासनिक खर्चतर्फ बढेसँगै चालू खर्च पनि बृद्धि भएको छ । त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आवको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताइन् । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रका कार्यक्रमलाई बजेटले प्राथमिकता दिइएको छ ।

ललितपुर महानगरपालिकाले ७६ वर्ष पुगेका जेष्ठनागरिकलाई मासिक १० हजार रुपैयाँ भत्ता दिने घोषणा पनि गरेको छ ।
बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिने भएको छ ।

बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया