May 30, 2026
मुख्य समाचार सबै

राजा शाहव्दारा जनकपुरको जानकी,राम र राजदेवीको दर्शन

काठमाडौं– राजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्न पुग्नु भएको छ ।

उहाँ सोमबार चारबजे जनकपुर पुग्नु भएका राजा शाह जानकी मन्दिर दर्शनपछि पैदल यात्रा गर्दै ५ सय मिटर टाढा राम मन्दिरको पनि दर्शन गर्नु भएको छ । उहाँले नजिकै रहेको राजदेवी मन्दिरको पनि दर्शन गर्नु भएको छ । राजदेवीको दर्शनपछि साँझ गंगा सागरमा आरती समेत गर्नु भएको छ ।


राजा शाह जनकपुर पुग्दा समर्थकले राजा आउ देश बचाउको नारा लगाएका थिए । जानकी मन्दिरमा उहाँलाई स्वागत गर्नेहरुको ठूलो भीड लागेको छ । जनकपुरमा राजाको सुरक्षाको लागि कडा पारिएको छ । राजा परिवार त्यहाँ रहेको होटल यात्री निवासमा रहनहुने बताइएको छ ।

प्रतिक्रिया