काठमाडौ– मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।
ललितपुरको प्लाजामा शनिबार भएको फाइनलमा २३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनी मिस नेपाल बनेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधि समेत जितेकी थिइन् ।
त्यसैगरी मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेसनल उपाधि आर्या निशान्तले जितेका छन् । सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।
दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकार, तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक हुन् । आमाको प्रेरणा पाएकी २४ वर्षिया दिपमालाले अर्थशास्त्रमा स्नातक गरेकी छिन् । उनी आमा सन् १९९४ को पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धी थिइन् ।
