काठमाडौं– दिनानुदिन बजारभाउ बढेपछि स्थानीय सरकार विरुद्ध सडकमा उत्रन थालेका छन् ।
शुक्रबार सरकारको प्रशासनिक क्षेत्र नजिक माइतीघरमा बढ्दो मंहगी नियन्त्रण गर्न पर्ने माग राख्दै विरोध जनाएका छन् । प्लेकार्ड बोकेर ग्यासको चरम संकट, विद्युतमा लगाइएको करको साथै बढ्दो महँगीविरुद्ध अखिल क्रान्तिकारीले शुक्रबार दिउँसो विरोध प्रदर्शन गरेको हो ।
बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, सार्वजनिक सेवामा गरिएको कर वृद्धि खारेजी गर्नुपर्ने, खाना पकाउने ग्यासको आपूर्ति तुरुन्तै गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
