अर्थ तथा कृषि मुख्य समाचार सबै

मंहगी नियन्त्रण गरी बजारमा सुशासनका लागि सरकारको मूल्य पारदर्शिता सप्ताह अभियान

काठमाडौं–सरकारले बजारमा देखिएको मंहगी, अनियमितता र बेथिति नियन्त्रण गर्न साता व्यापी अभियान थाल्ने भएको छ ।


आगामी सोमबारदेखि बजार सुशासनका लागि मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त रुपमा ‘मूल्य पारदर्शिता सप्ताह’ थाल्ने लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

देशव्यापी बजारको रुपमा व्याप्त मंहगी, अनियमितता, कृत्रिम अभाव, आमउपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सहित देशभर विशेष अभियान चलाउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आमनागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताइएको छ ।

यो अभियान बैशाख २८ गतेबाट सुरु भई आगामी जेठ ३ गतेसम्म चल्ने जनाइएको छ । यो अभियान कार्यान्वयनका लागि देशभरका सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको बताइएको छ ।
यो अभियानमा स्थानीय तहले आफनो कार्यक्षेत्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न र नियमित अनुगमन गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिलाई सक्रिय बनाएर मूल्य पारदर्शिताका लागि प्रचारप्रसार र नियमनको जिम्मेवारी दिइएको छ ।
स्थानीय मात्र नभई केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रमको सचिवालयले जनाएको छ ।

Exit mobile version