September 11, 2026
अर्थ तथा कृषि मुख्य समाचार श्रेणीहरू

भोटेकोसीमा बाढीले वितण्डपछि पुर्ननिर्माण गर्न ९ खर्ब लाग्ने

तस्बिरः सामाजिक संजाल

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीले करिब ३ खर्ब ८६ करोड रुपैयाँको क्षति पु¥याएको प्रारम्भिक आँकडाको तथ्यांकले देखाएको पनि पूर्णरुपमा त्यसको व्यवस्थापन गर्न भने ९ खर्ब लाग्ने सरकारी पदाधिकारीले जनाएका छन् ।

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु,चित्तवन प्रभावित भएपनि बढी खास गरी रसुवा र नुवाकोट पूर्णप्रभावित भएका थिए । त्यसमा मानवीय क्ष्ँति र भौतिक क्षति बढी छ । त्यसलाई पहिलेका लयमा ल्याउन राम्रो किसिमले पुनर्निर्माण गर्नलाई भने ९ खर्ब रुपैयाँ लाग्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले भनेको छ सबल र जोखिम रहित किसिमले पुनर्निर्माण गर्न ९ खर्ब रुपैयाँ लाग्ने बताइएको हो । अझै सरकारी पूर्ण क्ष्ँतिको तथ्यांक आउन बाँकी छ ।


एक–डेढ महिनाभित्र नै विपद्पछिको विस्तृत आवश्यकता सहित आकलन आउने राष्ट्रिय योजना आयोगले जनाएको छ । विद्युत आयोजनाहरु, विद्यालय, बाँचेकाहरुलाई व्यवस्थापन,सडक, खानेपानी, विद्युत प्रसारण लाइन विस्तार लगायतका पुर्ननिर्माणका कार्य रहेका छन् ।

प्रतिक्रिया