काठमाडौँ– नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा निर्वाचित भएका छन् ।
कांग्रेसको सभापति पदका उम्मेदवारको काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति मतगणना भई अहिले शनिबार बिहान सम्पन्न नतिजा सार्वजनिक भएको हो । महाधिवेशनको सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे । सभापति थापाले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो मतान्तरले जितेको निर्वाचन समितिले जनाएको छ ।
त्यसमध्ये ५४ मत बदर भएको छ । कुल ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन समितिले जनाएको छ । सभापति पदको मतगणना राष्ट्रिय सभा गृह भयो भने अन्य पदहरूको गणना पार्टी केन्द्रीय कार्यालय सानेपा हुने निर्वाचन समितिले जनाएको छ । मतपेटीका पार्टी कार्यालय पु¥याइएको छ ।
