काठमाडौं–मधेश प्रदेश धनुषाको जनकपुरधाममा स्थानीय प्रशासनले निषेधाज्ञा सोमबार बिहानबाट हटाउने भएको छ भने उक्त जिल्ला हुँदै नेपाल आवतजावत गर्न परिचयपत्र अनिवार्य गरिएको छ ।
धनुषा प्रशासनले आइतबार राखेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । धनुषा सीमानाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरुको पहिचान खुल्ने परिचयपत्रका आधारमा सीमानाकामा खटिएका सुरक्षा निकायले अभिलेख राखी प्रवेश गर्न सहजीकरण गर्ने छ ।
सरकारसँगको सहमतिपछि आन्दोलनरत हिन्दुवादी संघ संस्थाले आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता जनाएका छन् ।
सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेस प्रदेशका जिल्लाहरुमा आन्दोलन चर्किँदा धनुषा पनि प्रभावित बनेको हो ।
प्रतिक्रिया