काठमाडौँ–फेरी आइतबारबाट मौसमी प्रणाली सक्रिय भई दुई दिन पानी पर्ने भएको छ ।
माथिल्लो वायुमण्डलीय प्रभावका कारण आगामी एक साता मौसम सक्रिय हुने मौसमविद्ले जनाएका छन् । वर्षा लगातार नभई अपरान्हदेखि साँझसम्म सक्रिय रहने बताइएको छ ।
शनिबार देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ भने आइतबारदेखि मौसमी प्रणाली सक्रिय हुँदै सोमबार र मंगलबार देशका सबै भूभागमा फैलिने,त्यसपछि बुधबारदेखि वर्षा केही कम हुने र बिहीबार पहाडी भेगमा हल्का पानी पर्ने सक्ने बताइएको छ ।
प्रतिक्रिया