काठमाडौं–चीनले आफ्नो भूभाग जिलोङकाउन्ट्री केरुङ,ठोङसा हुँदै रसुवागढीपारि खम्पाटारसम्म जोड्ने स्थलमार्ग अस्थायी रुपमा संचालनमा ल्याएको छ ।
चीनीयाँ प्राविधिक टोलीले दर्जर्नौ उपकरण प्रयोग गरी अस्थायी सडक बुधबार बिहान १० बजेबाट सञ्चालनमा ल्याएको बताएको छ । विपद्ग्रस्त क्षेत्रमा उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत उद्धार कार्य सञ्चालन अस्थायी सडक बनाई सकिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सीसीटिभीका अनुसार नेपाल र चीनीयाँ भूभाग भई बग्ने केरुङखोला किनारमा सडक बाढीले बगाएको थियो । उक्त सडक लेन्देखोलाबाट गत बुधबार आएको बाढीको छाल केरुङखोलाको परसम्म पुगेको थियो । उक्त गेग्रान सहितको छालले सडक भत्काएको थियो । तर नेपाल र चीन बीच बग्ने लेन्देखोलामा नेपाल छिर्न मितेरी पुल हाल्नु पर्छ । नेपाल–चीन बीच आवतजावत गर्न पुलन नहालेसम्म हाम्रो रसुवागढी नाकाबाट चीनको केरुङसम्म जान सकिंदैन ।
लेन्देखोला उत्तरपूर्वबाट बग्ने र केरुङ खोला पश्चिमोत्तरभाग भई बग्ने चीनीयाँ भुभाग खम्बाटार र नेपालतर्फको रसुवागढीमा मिसिन्छ । त्यसपछि उक्त खोला नेपालको भुभाग दक्षिणतर्फ लाग्छ । त्यसलाई भोटेकोसीको नामले चिनिन्छ । जुन खोला तल रसुवा सदरमुकाम धुन्चेको पुच्छारमा पुगेपछि गोसाइकुण्डको पानी मिसिएर त्रिशूलीको नामले चिनिन्छ । जुन लेन्देखोला, भोटेकोसी, त्रिशूलीहुँदै बग्ने खोलामा आएको बाढीले विनास गरेको ल्याएको हो । धेरैलाई सिमानाका रसुवगढीदेखि धुन्चेमुनिसम्म बग्ने खोलाको स्थानीयले भोटबाट बगेर आएकाले भोटेकोसी भनिए । सिन्धुपाल्चोकमा पनि यही भोटेकासी नाम गरेको खोला भएकाले कतिपय रसुवाको भोटेकोसी नभई सिन्धुपाल्चोकको भोटेकोसीको नाम लिएका थिए ।
प्रतिक्रिया