सबै समाचार

काठमाडौ उपत्यकाको कीर्तिपुरमा बर्डफ्लु

काठमाडौं— कीर्तिपुरस्थित त्रिवि परिसरमा मृत भेटिएका धेरै कागमा बर्डफ्लु भेटिएको छ ।

कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ५ दर्जनभन्दा बढी कागमा संक्रमण पुष्टि भएको बताएको छ । एक साताअघि स्थानीयले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरु मरेको जानकारी दिएपछि पशुसेवा विभागले ती कागको प्रयोगशालामा परीक्षण गरेपछि बर्डफ्लु पुष्टि भएको हो ।

खुला स्थानमा काग जताततै उड्ने पंक्षी भएकाले कुखुरा पालिएका स्थानसम्म पुग्ने संभावना रहेकाले नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
पशुसेवा विभागले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस डुलुवा फिरन्ते चराबाट कागमा बर्डफ्लु संक्रमण भएको हुनसक्ने अनुमान छ ।

यसअघि बेलायती राजदूतावास परिसरमा बसेका कागमा संक्रमण देखिएको थियो ।

यदि संक्रमण उपत्यकाभित्र पालिएका कुखुरामा फैलिएर ती मरेका कुखुरा बंगुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा उपभोग गर्नाले रोग लाग्न सक्ने भएकाले पशुसेवा विभागले सबैलाई सचेत गराएको छ ।

Exit mobile version