मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद श्रेणीहरू सबै

कर्णालीले विराटनगरविरुद्ध दोस्रो जित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णालीले बिराटनगरविरुद्ध उत्कृष्ट रन चेज गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।


बिराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै कर्णालीलाई १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कर्णालीले उक्त लक्ष्य अन्तिम बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटको जित हासिल ग¥यो ।


कर्णालीको जितमा सोमपाल कामी र गुल्सन झाले उत्कृष्ट इनिङ खेल्दै टिमलाइ जित दिलाए । कामीले ३२ बलमा ४ चौका र ३ छक्काको इनिङ खेल्दै ६२ रनको अर्धशतकीय इनिङ खेले ।
उनीबाहेक गुल्सन झाले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाएर अविजित रहे। त्यसअघि अरिफुल इस्लामले ३२ रन बनाए। त्यस्तै दीपक डुम्रेले २० रनको इनिङ खेलेका थिए ।
विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिंदा चरिथा आशलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले १–१ विकेट लिएपनि टिमको उच्च स्कोरलाइ जोगाउन सकेनन् । ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थिया े।

बिराटनगरको उच्च स्कोरमा लोकेश बमले ८७ रनको विष्फोटक इनिङ खेले। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरेका थिए ।
उनी बाहेक एन्जेलो म्याथ्युजले ३१ रन बनाउँदा आन्द्रे रसेलले २७ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा सहान जयसूर्याले ११ रन बनाएका थिए ।
कर्णालीका लागि सोमपाल कामीले ४ विकेट लिंदा मार्क वाट र नन्दन यादवले १–१ विकेट लिएका थिए ।
साभारःदेशसंचार

Exit mobile version