काठमाडौं– कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ ।
बैङ्ककस्थित नेपाली दूतावासले उनीहरुलाई उद्धार गरी स्वदेश फर्किएका छन् ।
विभिन्न माध्यमबाट कम्बोडिया पुगेका नेपालीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी पाइएपछि कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिउको हो ।
दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।
बैककस्थित नेपाली दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान पटकपटक अनुरोध गरेको थियो ।
प्रतिक्रिया