October 28, 2026
शिक्षा, स्वास्थ्य तथा खेलकुद श्रेणीहरू सबै समाचार

एनपिएल क्रिकेटको तेस्रोखेलमा कर्णालीले जनकपुर पराजित

काठमाडौै– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ ।


जितका लागि १ सय ३३ रनको लक्ष्य लिएको कर्णालीले उक्त लक्ष्य जोगाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको मध्यम स्कोर खडा गरेको थियो ।

जवाफमा जनकपुर ३ बल बाँकी हुँदै १ सय १३ रनमा अलआउट भयो। जनकपुरका लागि मयन यादवले १४ रन बनाउँदा अभिषेक तिवारीले २० तथा हर्मित सिंह र मोइन अलीले १९–१९ रन बनाए ।
त्यसैगरी जेम्मी निसमले १५ रन बनाउँदा अनिल साहले ११ रन बनाए । जनकपुरलाई समेट्ने क्रममा हुसेन तलाट र युनिस ठाकुरले ३–३ विकेट लिंदा नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन सर्वाधिक लिए । उनी बाहेक दिपक डुम्रेले १३ रन बनाउँदा पवन सर्राफले ३७ रन बनाए । थप दोहोरो स्कोरका रुपमा गुल्सन झाले १२ रन बनाएका थिए ।
कर्णालीलाई मध्यम स्कोरमा समेट्ने क्रममा हर्मित सिंहले ३ विकेट लिंदा मोइन अली र राहुल यादवले २–२ विकेट लिए ।
साभारःएजेन्सी

प्रतिक्रिया