काठमाडौं–पहिरोका कारण नेपालको दोस्रो चीनसँगको प्रमुख व्यापारिक नाका साढे एक महिनादेखि ठप्प हुाँ करोर्डौ राजश्व जम्मा हुन सकेको छैन भने नाकामा आयात गरिएका सामान गाडीमै अलपत्र परेका छन् ।
पहिरोले चीनमा भन्सार गराइएका नेपाली गाडी (कन्टेनर) भित्रिनसके र अलपत्र परेको व्यवसायीहरूले जनाएका छन् ।
भन्सार र नाकाबिचको इको र लिपिङ भन्ने ठाउँका पहिरोका अवरोध रहेको नेपाली अधिकारीहरुले जनाएका छन् ।
लिपिङको पहिरोले सडककोस्तर बगाएकाले समय लाग्ने बताइएको छ । व्यवसायीका अनुसा ८५ वटा गाडी चीनतर्फ अड्किएका छन् ।
नेपाल भित्रिसकेका गाडीका सामान भारियालाई बोकाएर गाडी चल्ने स्थानसम्म ल्याउने अवस्था पनि नभएको व्यवसायीले जनाएका छन् ।
तातापानी नाकाको सडकको भौगोलिक अवस्था जटिल छ । सुख्खा भन्सारमा नै ढुंगा झर्ने सक्ने पहिरोको जोखिममा छ । बारम्बार भन्सारयार्ड ढुङ्गा खस्ने गरेको छ ।
सुख्खा पहिरोका कारण ट्रक कुरेर बस्न सक्ने अवस्था पनि नरहेको व्यवसायीले बताए ।
समुद्री मार्ग हुँदै इण्डियाबाट सामान ल्याउँदा डेढ महिना लाग्ने भएर यो सडक मार्गबाट सामान ल्याउनु परेको उनीहरुको भनाई छ ।
तातोपानी, ल्हासा र ग्वान्जाओ मात्र होइन चीनको जुनसुकै ठाउँबाट नेपाल सामान ल्याउनका लागि सबैभन्दा नजिकको नाका तातोपानी रहेको छ । सीमाबाट काठमाण्डू आउँदासम्मै नजिक पर्छ ।
विसं २०७२ सालमा भूकम्पले क्षति पु¥याएर लामो समय रोकिएर पुनः सुरु भए तापनि तातोपानी नाका अझै पहिलेको स्वरूपमा फर्कन भने सकेको छैन ।
यो नाकाबाट स्याउ, लसुन, आँप, अंगुर लगायतका फलफूल आयात हुने गरेको छ । यसबाहेक तयारी पोसाक र इलेक्ट्रोनिक्स सामान यहाँबाट भित्रने गरेको छ ।
लिपिङको पहिरो भएको स्थानमा माथिपट्टि बस्ती र तलपट्टि भोटेकोशीको कटान जारी रहेकाले समस्या देखिएकाले सडक निर्माण गर्न समस्या भएको सडक विभागले जनाएको छ ।
सडक माथिपट्टि खनेर गाउँ जोखिममा पर्ने र तलपट्टि वाल उठाउन नसक्ने अवस्था रहेको सडकका पदाधिकारीले जनाए ।
बर्खा कम भएपछि सुख्खा हुनासाथ अस्थायी बाटो खुलाउन सकिने सडक विभागले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयले यही बाटो हुँदै आर्थिक वर्ष २०८२÷८३ मा १७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आवको लागि २५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अब यो हासिल गर्न कठिन देखिएको छ ।
प्रतिक्रिया