May 30, 2026
सबै समाचार

अर्थमन्त्री खनालको इमान

काठमाडौं– अन्तरिम चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीको हैसियतले प्राप्त कुटनीतिक राहधानी फिर्ता गरेका छन् ।

नयाँ आउन लागेको सरकारको मिति नजिकिदै जाँदा अर्थमन्त्री खनालले आफ्नो प्रयोजन सकिएको जनाउँद रातो पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका छन् । ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ उनले हस्तलिखित पत्रमा भनेका छन् ।

इमानदार प्रशासक भनिएका खनालले सरकारलाई ठूलो आर्थिक भार नपारी प्रतिनिधि सभा निर्वाचनको खर्च जुटाई निर्वाचन गराउन उनी सफल भएका छन् ।

प्रतिक्रिया