मुख्य समाचार सबै

अब कति व्यवहारिक होला सातामा २ दिने बिदा, शैक्षिकसत्र बैशाख १५ बाट

काठमाडौं– सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् सिंहदरबारमा आइतबार बसेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि यही सातादेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरेको आइतबार प्रकासित राजपत्रमा उल्लेख छ । सबै कार्यालयहरुको काम गर्ने समय ९ देखि ५ बजेसम्म र कातिक १६ गतेदेखि माघ १६ गतेसम्म ९ देखि ४ बजेसम्म कार्यालय तोकेको छ ।


नेपाल सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णयले तत्कालीन इन्धन संकट व्यवस्थापनका लागि व्यावहारिक कदम देखिए पनि त्यसको दीर्घकालीन असर पर्ने देखिएको छ ।
यस भन्दा अघि पनि सरकारले दुई दिने विदा दिने निर्णय गरेको थियो । तर व्यवहारिक रुपमा त्यो २ दिने विदाले सरकारी कार्यालयले प्रवाह गर्ने सेवामा खासै सुधार नदेखिएपछि पुनःपुरानै कार्यालय समयमा फर्किनु परेको थियो ।
सरकारी र निजी क्षेत्रले दिने सेवाप्रवाहलाई एकरुपता ल्याई नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त पार्न सकेमा मात्र सातामा दिइने २ दिने विदाले सार्थकता पाउने विज्ञहरुले जनाएका छन् ।

त्यसैगरी आगामी शैक्षिकसत्र २०८३ साल बैशाख १५ गतेबाट सुरु गर्ने सरकारको भनाई छ ।

Exit mobile version