काठमाडौं—पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले आइतबार बिहान महाराजगंज घरबाट नियन्त्रणमा लिएर १२ घण्टापछि परिवारको जिम्मा लगाएको छ ।
सुरक्षामा खतरा देखिएकाले सुरक्षित स्थानमा राख्न भन्दै प्रहरीले नियन्त्रणमा लिइएको थियो । तर सुरक्षा खतरा के थियो र उनलाई घरमै सुरक्षा नदिई किन प्रहरी कार्यालय लगियो भन्ने विषय अझै स्पष्ट पारिएको छैन । केहीले पूर्व प्रम खड्गप्रसाद ओलीसंग साँठगाठ गरी संसद विउताउँन र ठूला चाडपर्वपछि आन्दोलन गर्नेबारे चलखेल भैइरहेको आशंकाले पक्राउ गरिइएको हुनसक्ने एक स्रोतले जनाएपनि स्वतन्त्ररुपमा भने त्यसको पुष्टि भएको छैन ।
जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लगेको र राष्ट्रिय मानव अधिकार आयोगको टोली उनलाई भेट्न खोजिएपनि भेट गर्न नदिएको बताइएको छ ।
१२ घण्टा प्रहरी निगरानीपछि दिउँसो उनलाई परिवारको जिम्मा लगाएर छाडिएको थियो ।
राणा विरुद्ध यसअघि दर्ता भएको महाभियोगसम्बन्धी रिट गत भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिसकेको छ ।
प्रतिक्रिया