October 28, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

कृष्णभीरमा दुईतर्फी यातायात संचालन, यो बन्द हुँदा करोडौं क्ष्ँतिं

काठमाडौं–पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा भासिएको सडकखण्ड १८ दिन संचालनमा आएको छ ।


उक्त सडक बिहीबारदेखि दुईतर्फी रुपमा यातायात सुचारु भएको हो । त्रिशूली नदीको बाढीले १ सयमिटर सडक भासिएपछि १४ भदौदेखि सडक अवरुद्ध थियो ।
कृष्णभीरको उक्त सडक बन्द हुँदा काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको थियो । मालवाहक ट्रक, इन्धन बोक्ने ट्यांकर र एलपी ग्यासका बुलेट ट्रकहरु यो मार्गबाट काठमाडौं आवतजावत गर्न सक्दा ढुवानीको समय र लागत दुवै बढेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १८ दिनसम्मको अवरोधका कारण यातायात व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको जनाएका थिए । पृथ्वी राजमार्गको उक्त खण्ड सुचारु अवस्थामा छँदा दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्थे ।

सडक अवरुद्ध भएपछि सवारीसाधनलाई हेटौंडाको बाटो हुँदै त्रिभुवन राजपथ तथा अन्य वैकल्पिक मार्गबाट यातायात संचालन गर्नुपरेको थियो । उक्त वैकल्पिक बाटोबाट काठमाडौं आउन बढी समय लाग्नुका साथै ढुवानी खर्च बढेको महासंघले जनाएको छ । सडक अवरुद्ध हुँदा प्रत्यक्ष असर एलपी ग्यासको आपूर्तिमा देखिएको थियो । काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्नेमा भएपछि ग्यासको हाहाकार भएको थियो ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा थपिएको ढुवानी खर्चका कारण प्रतिसिलिन्डर १०६ रुपैयाँसम्म अतिरिक्त लागत परेको थियो ।
कृष्णभीर खुलेपछि उक्त अतिरिक्त ढुवानी खर्च हटाइएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया