काठमाडौं–उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्डफ्लु फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।
पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु (एचफाइभएनवान) पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ । अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिइसकेको विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमले जनाएको छ । उपत्यकाका कैयन स–साना फार्ममा बर्डफ्लु देखिएको छ । यो अत्यन्त घातक भाइरस हुन् । जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा, हाँसलगायत प्रभावित भएका छन् । फागुनमा पूर्वी नेपालबाट सुरु भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखानालगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ ।
बर्डफ्लुले दुर्लभ पशुपंक्षीको मरे
संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेका छन् । जंगली बिरालो, सिभेटलगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ । अन्य दिनमा ५ देखि एकहजार अवलोकन गर्न पुग्ने चिडियाखानामा २ हजारले भ्रमण गर्ने गर्थे । अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यति ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो ।
यसअघि कीर्तिपुरपछि टौदह क्षेत्रमा पनि भेटिए १५ वटा मरेका काग मरेका थिए । नेपालमा पहिलो पटक बर्डफ्लु संक्रमण इस्वी सन् २००९ मा देखिएको थियो । त्यसयता हरेक वर्ष यो प्रकोप देखिँदै आएको छ । जसका कारण लाखौं पन्छी र कुखुराजन्य उत्पादन नष्ट गरिएको छ । धेरै किसानहरूले क्षतिपूर्ति नपाएकाले कुखुरापालन क्ष्ँेत्रबाट पलायन भएका छन् भने कति अझै पनि राहत पाउन संघर्षरत छन् ।
सरकारले समयमै क्षतिपूर्ति नदिँदा संक्रमित कुखुरा बजारमा पुग्ने जोखिम बढ्ने विज्ञहरू बताउँछन् । किनभने किसानहरू घाटा कम गर्न संक्रमित कुखुरा बजारमा विक्री गरिदिने जोखिम बढ्न सक्छ ।
नेपालमा बर्डफ्लुबाट सन् २०१९ काभ्रेका २१ वर्षीय कुखुरा ओसारपसार गर्ने ट्रकका चालकको वर्डफ्लुबाट ज्यान गएको थियो ।
प्रतिक्रिया