काठमाडौं–कहिले ठट्टाले नसोचेको कुरा हुन्छ भन्ने चरितार्थ हालै इण्डियामा देखिएको छ । इण्डियाको सर्वोच्च अदालतमा गत हप्ता भएको एउटा सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले भनेको कक्रोज शव्दको मौखिक टिप्पणीले सामाजिक संजालमा युवाहरुको नयाँ पार्टी कक्रोज जनता पार्टीको जन्म भएको छ ।
त्यसले डिजिटल दुनियाँमा ठूलो हलचल मच्चाएको छ । ठट्टा, व्यङ्ग्य र सामाजिक सञ्जालको ट्रेन्डबाट सुरु भएको यस कक्रोजले डिजिटल अभियानको थालनी भएको छ ।
सन् २०२६ मे १६ मा त्यहाँको सर्वोच्च अदालतमा भएको एउटा सुनुवाइ भइरहेको थियो । नक्कली कानुन डिग्रीसँग सम्बन्धित मुद्दामा प्रधानन्यायाधीश सूर्यकान्तले सुनुवाई क्रममा कक्रोज भनेपछि सामाजिक संजाल पुग्यो । कक्रोज भनेर बेरोजगार युवाहरू, सांसद, मिडिया र आरटीआई कार्यकर्ता बनेर प्रणालीमा साङ्ला (कक्रोच) जस्तै घुस्ने र आक्रमण गर्ने भनी टिप्पणी गरेपछि उक्त भिडियो क्लिप केही घण्टाभित्रै सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भाइरल हुन पुग्यो । यही कडा असन्तुष्टि र तीव्र आक्रोशको ज्वालाबाट डिजिटल दुनियाँमा ‘कक्रोच जनता पार्टी’ नामक मोर्चाको उदय हुन पुग्यो ।
यसको सुरुवात गर्ने श्रेय ३० वर्षीय युवा अभिजित दीपक हुन् । उनी राजनीतिक सञ्चार रणनीतिकार पनि हुन् ।
‘कक्रोच जनता पाटीको सदस्यता लिनका जनाए अनुसार बेरोजगार, अल्छी, लगातार अनलाइन रहने र व्यावसायिक रूपमा गनगन गर्न सक्ने योग्यता भएका सबै कक्रोचमा समाहित हुन भनिएको छ ।
यो पोस्टले सामाजिक सञ्जालमा केही घण्टाभित्रै १५ हजारभन्दा बढी मानिसले गुगल फर्ममार्फत साइन अप गर्दै तीन दिनमा १ लाख नाघ्यो । बिहिबारसम्ममा त सवा १ करोड संख्या पुगेपछि इण्डिया सरकारले यसलाई देशभर प्रतिबन्द गरेको छ ।
यो छोटकरीमा सीजेपी नाम दिइएको यसले पाँच सूत्रीय घोषणापत्रमा जारी गरेको छ ।
सीजेपी एक व्यङ्ग्यात्मक आन्दोलनको रुपमा लिइएको छ । यसको पाँचसूत्रीय घोषणापत्रले अहिले इण्डियाका सबैभन्दा गम्भीर राजनीतिक मुद्दाहरुलाई तिखो रुपमा छोएको छ, ‘भोइस अफ द लेजी एन्ड अनइम्प्लोइड’ अर्थात् अल्छी र बेरोजगारहरूको आवाज नामक पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको यस घोषणापत्रले देशको वर्तमान व्यवस्थामाथि ठूलो प्रश्न खडा गरेको छ ।
यसले युवा पिंढीको आक्रोसलाई समेट्दै लगेको छ ।
प्रतिक्रिया