काठमाडौं–विभिन्न देशका साधुसन्तहरू बृहत् पाशुपत पदयात्रा गर्दै नुवाकोट आएका छन् ।

पदयात्रामा महेशसन्यास आश्रम देवघाटधामका मठाधिश श्री १००८ स्वामी रमणानन्द गिरीको नेतृत्वमा देवीघाटस्थित जालपादेवी मन्दिर परिसर त्रिशूली, सूर्यमती र झर्झरावती नदीको संगमस्थल जललिङ्ग श्रीभैरवेश्वर सिद्धलिङ्गको दर्शन तथा रुद्रभिषेक गरेका थिए ।
चौसी सिद्धशिवलिङ्ग दर्शन अन्तर्गत बृहत् पाशुपत पदयात्राको क्रममा साधुसन्तहरुको पदयात्रा टोली नुवाकोट आएको हो ।

पदयात्रामा रहेका साधुसन्तलाई शनिबार देबिघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले पञ्चेवाजा र फूलमालासहित स्वागत गरिएको थियो ।
पाशुपत् पदयात्राका साधुसन्तहरुलाई भोजन, विश्राम र नास्ताको व्यवस्था सहित विदाई गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले बताए ।
देवीघाटमा रहेको जललिङ्ग श्रीभैरवेश्वर सिद्धलिङ्ग २६ औँ नम्बरमा पर्ने को शिवलिङ भएको बताइएको छ ।
प्रतिक्रिया