काठमाडौं–विश्व सम्पदामा सूचीकृत स्वयम्भुनाथस्तूपलाई नेपालको प्राचीनतम् धार्मिक तथा सांस्कृतिक धरोहरमध्ये एक मानिन्छ ।

प्राचीन समयमा कालीदह भनिने काठमाडौ उपत्यकामा विपस्वी बुद्ध आए । उनी काठमाडौ उपत्यकाको त्यो वरिपरिको ३ पटक पहाड परिक्रमापछि नागर्जुन डाँडामा तपस्या गरे । उनै बुद्धले वैशाख पूर्णिमाको दिन यो भरिएको काठमाडौं उपत्यकाको काली दहमा कमलको बिउं दक्षिणफर्केर मन्त्र उच्चारण सहित छरे । उक्त बीउ छरेको वैशाख पूर्णिमाको दिनमा उम्रियो । जसमा पञ्चरश्मी सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ । आफै उम्रिएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाई छ, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्नले एक संचारमाध्यलाई बताउँदै भने । स्वयम्भू महाचैत्य (तिब्बती–रङज्युङ छोदतेन), काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो ।

काठमाडौ महानगरपालिका–१५ स्थित स्वयम्भुलाई काठमाडौ उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ ।
तिव्वतबाट आएका मञ्जुश्रीले स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै छ । मन्जुश्रीले काठमाडौँको पानी कटाउनु अघि त्यही स्वयम्भूमा पूजा गरे । फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्तुपा बनेको कथन छ ।
नेवारीमा भने स्येले–स्वयं, गुँले–वन भन्ने जनाउँछ । स्वयम्भूका प्रमुख थकाली वीरमान बुद्दाचार्य स्येगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको जनाउँछन् ।
तर हिन्दूहरूले यसलाई पवित्र स्थान मान्छन् । उनीहरूले यहाँ शिवको उपस्थिति महसुस गर्छन् ।
संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ ।

व्युत्पत्तिको अर्थ
स्वयम्भु वा शम्भु भगवान शिवको एउटा नाम हो । “शम्भु“ शब्दको अर्थ हितकारी, सौभाग्य दिने वा सुख प्रदान गर्ने हो । स्वयम्भुनाथको अर्थ प्रभु, मालिक वा प्रभु हो ।
त्यसैले शम्भुनाथ शब्दको शाब्दिक अर्थ हो – “शम्भुका नाथ“ अर्थात् “शिव स्वयं, जो सबैलाई सौभाग्य दिने स्वामी र स्वामी हुनुहुन्छ।“ अर्थात्, यो नाम शिवको सम्मानजनक उपाधि हो, जसको अर्थ “महादेव, जो सबै कल्याणका स्वामी हुन् ।

आंशिक क्षति स्वयम्भू मन्दिर २०७२ बैशाख १२ गते आएको ७ दशमलव ८ रेक्टरस्केलको महाभूकम्पले यसका केही भागहरूमा क्षति पुगेको थियो । यसको पुनःनिर्माण कार्य जारी छ । त्यसैगरी स्वयम्भु अगाडिको प्रतापपुर मन्दिर पनि विभिन्न भाग चर्किएकाले पुननिर्माण जारी छ ।

स्वयम्भुको संरचना—गुम्बज, हरमिका, १३ तह र गजुर—लाई मानव चेतनाको विकास र निर्वाणसम्मको यात्राको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।

स्तूपमा अंकित चारैतिरका आँखा सर्वज्ञता र करुणाको प्रतीक मानिन्छ । विशेषज्ञहरूका अनुसार, स्वयम्भू केवल धार्मिक स्थल मात्र नभई हिन्दू–बौद्ध समन्वय, दर्शन, र सांस्कृतिक निरन्तरताको जीवित उदाहरण हो । यसले नेपाललाई विश्वको प्राचीन सभ्यतामध्ये एकका रूपमा चिनाउन महत्पूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया