काठमाडौं– तीनदिने सातौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकिएको छ । नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल(एनसिआईएफएफ २०२६) नामदिएको सातौं संस्करणको आइतबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सकिएको हो ।

उक्त संस्करणमा विभिन्न विधा मध्ये गल्र्स रिराइटिङ डेस्टिनीका निर्देशक लव प्याकुरेलले प्रमाणपत्र सहित अवार्ड पाएका छन् ।
समापन समारोह उनलाई प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरु, निर्णायक मण्डल सदस्यहरु र फिल्म पेशेवरहरुको उपस्थितिमा प्रमाणपत्र र अवार्ड प्रदान गरिएको थियो । निर्देशक प्याकुरेललाई सिनेमामा उत्कृष्टता, शक्तिशाली कथा, कथन, कलात्मक योग्यता र विश्वव्यापी सिनेमामा अर्थपूर्ण योगदानको लागि मान्यता दिंदै सम्मान गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा सम्मानपछि निर्देशक प्याकुरेलले उक्त सम्मानले आफूलाई उत्साहित भएको र यसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाल चिनिने जनाए ।

उक्त समापन समारोहमा नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल(एनसिआईएफएफ)को सातौं संस्करणका निर्देशक सन्तोष सुवेदीले अन्तर्राष्ट्रिय निर्णायक मण्डल(जुरी)ले विभिन्न विधालाई हेरेर सम्मान गरिएको बताउँदै छनौट प्रक्रियाबाट बाहिरिनु भएकाले निराह नभई प्रयास जारी राख्न आग्रह गरेका थिए ।
तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट लागि राखिएको थियो । महोत्सवको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रियाना कुलिगले सबैलाई आधार प्रकट गर्दै चलचित्रहरु उत्कृट रहेको बताइन् । महोत्सवमा महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन भएका थिए ।
महोत्सवमा लघुचलचित्रदेखि कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला तथा बालबालिका, मानव अधिकार, सांस्कृतिक क्ष्ँेत्रका विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका थिए ।
महोत्सव समापन समारोहमा नेवारी, थारु, पहाडको धान रोपाईंको बेठी, रुकुमपश्चिमको झाक्री नाच, तामाङ सेलो लगायत विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवमा एसियाली, युरोप, दक्षिण अमेरिकी, अफ्रिका लगायतका देशहरुबा चलचित्रहरु समावेश भएका थिए ।
महोत्सवले विश्वभरका संस्कृति, रचनात्मकता र अर्थपूर्ण कथा कथन मनाउने राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्रहरूको शक्तिशाली लाइनअप अनुभव गर्न सकिने आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार फिल्म निर्माताहरु, दर्शकहरू र संस्कृतिहरुलाई एउटै जीवन्त प्लेटफर्ममा जोड्ने महोत्सवको रौनता भएको जनाएका थिए ।
प्रतिक्रिया