July 28, 2026
मुख्य समाचार सबै

बढ्यो महँगी

काठमाडौं–वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि भएको छ ।

पछिल्लो महिनाहरुमा मूल्य उकालो लाग्न थालेको छ । गएको जेठसम्म औसत मूल्यवृद्धि ५ दशमलव २२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको जेठ महिनाको

तुलनामा यसवर्षको सोही अवधिमा मूल्यवृद्धि २ दशमलव ५ प्रतिशतले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धिदर २ दशमलव ७२ प्रतिशत थियो । गत जेठमामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४दशमलव ९५ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ५ दशमलव ३७ प्रतिशत रहेको छ । २०८२ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि शून्य दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३ दशमलव ९४ प्रतिशत रहेको थियो ।

आव २०८२÷८३ को ११ महिनामा औसत मूल्यवृद्धिदर २ दशमलव ८९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा औसत मूल्यवृद्धिदर ४ दशमलव २४ प्रतिशत रहेको भने २०८३ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७ दशमलव ४० प्रतिशत, घिउ तथा तेलको १५ दशमलव १० प्रतिशत, माछा तथा मासुको ५ दशमवल २६ र तरकारीको ४ दशमलव १४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दाल तथा गेडागुडीमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६ दशमलव ६८, यातायातको १५ दशमलव ३१, मदिराजन्य पेय पदार्थको ७ दशमलव २० प्रतिशत, शिक्षाको ५ दशमलव ५४ र कपडा तथा जुत्ताचप्पलको ५ दशमवल ५३ प्रतिशतले बढेको छ ।
साभारः कान्तिपुर

प्रतिक्रिया