काठमाडौं–काठमाडौ जिल्लांको तारकेश्वर नगरपालिका– ९ को स्थानीय अनोजमणि अधिकारीको घरमा अचानक आएको चितुवाको उद्धार गरिएको छ ।
चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई घाइते बनाएको छ भने आइतबार बिहान आएको उक्त चितुवालाई उद्धारपछि सुरक्षित स्थानमा राखिएको स्थानीय जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घरभित्र परेको चितुवा जिल्ला वन कार्यालय काठमाडौंको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको छ ।
आहाराको खोजिमा उक्त चितुवा नजिकका वस्तीमा आएको हुन सक्ने वन कार्यालयका अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया