सबै समाचार

कतारका पिता पूर्व अमिर शेख थानीको ७४ वर्षमा निधन

तस्बिरःएजेन्सी

काठमाडौं– खाडी मुलुक कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको छ । उनी ७४ वर्षका थिए ।


उनको १८ वर्षे शासनकालमा कतार विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास निर्यातकर्ता बन्यो ।

उनले प्राकृतिक स्रोतबाट प्राप्त सम्पत्तिलाई उत्पादनशील क्ष्ँेत्र, वित्तीय संस्थामा सुधार, पूर्वाधार क्ष्ँेत्रमा लगानी गर्ने रणनीति अपनाएपछि अहिले कतार बनेको हो ।
उनको आफ्नो १८ वर्षे शासनकालमा ऊर्जा र सम्पन्न देशको आन्तरिक र बाह्य उपस्थितिलाई नयाँ रूप दिएका थिए ।
उनले सन् १९९५ मा सत्ता सम्हाल्दा कतारको अर्थतन्त्र सानो र तेलमा मात्र निर्भर थियो ।
उनले सन् १९९० को दशकको उत्तरार्धमा लगानी बढाउने र ग्यासलाई तरल बनाउने परियोजनाहरू विस्तार गर्ने निर्णय लिएसंगै ऊर्जा बजारमा कतारको छलङ मार्यो । त्यसपछि विश्वव्यापी नेतृत्वतर्फ अघि बढ्यो ।

शेख हमादको शासनकालमा कतारको अर्थतन्त्र २० गुणाभन्दा बढीले वृद्धि भयो ।
सन् १९९५ मा करिब ८ अर्ब डलर रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०१३ मा करिब १ खर्ब ९९ अर्ब डलर पुग्यो ।
कतारले राष्ट्रिय भिजन २०३० को सुरुवात तथा शिक्षा र पूर्वाधारमा लगानी गरिसकेको छ । यसैका आधारमा कतार तेल निर्यातमा निर्भर अर्थतन्त्रबाट विश्वव्यापी लगानी प्रभावसँग ऊर्जाको शक्तिलाई जोड्ने मोडेल अघि सारिसकेको छ ।

यही खाका अझै पनि राज्यको आर्थिक नीतिहरूको आधार बनेको छ । अहिले कतारमा शेख हमादका छोरा तथा उत्तराधिकारी अमिर शेख तमिम बिन हमाद अल थानीले सत्ता सम्हालेर निरन्तरता दिइरहेका छन् ।
साभारः अल जजिरा

Exit mobile version