काठमाडौं– अमेरिका–इरान बीचको पाकिस्तानको इस्लामबादमा भएको शान्तिवार्ता विफल भएको छ ।
इरानका संचारमाध्यमहरुले जनाएका अनुसार अमेरिकाका अनुचित मागहरुले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको बताएका छन् ।
इरानी प्रतिनिधिमण्डलका अनेकौं प्रयासका बावजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागहरुले वार्तामा प्रगतिमा पुग्न नसकेको जनाएका छन् । वार्ता प्रगति हुनबाट रोकिदिए । यसरी वार्ता टुङ्गियो,“ इरानको सरकारी प्रसारक आईआरआईबीले टेलिग्राममा उल्लेख गरेको छ।
पाकिस्तानको मध्यस्थतामा अमेरिकी पक्षले आफूहरु लचिलो र सहयोगी भएको जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सद्भावका साथ वार्तामा जान र सम्झौताका लागि आफ्नोतर्फबाट उत्तम प्रयास गर्न आफूलाई भनिएको अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले जनाए ।
उनले शान्ति वार्ता प्रगति हासिल गर्न नकिएको बताए । अब दुईसाताका लागि गरिएको युद्धविरामले सार्थकता नपाएको बताइएको छ । शान्तिवार्ताले ठोस निकर्ष ननिस्केपछि अब युद्ध लम्बिने भएको छ ।
प्रतिक्रिया