काठमाडौं–पत्रकारिताको क्षेत्रमा महत्पूर्ण योगदान गरेवापत पाँच जना पत्रकारलाई सम्मान सहित पुरस्कृत गरिएको छ ।
सुशासनको आधारःप्रविधिमैत्री जिम्मेवार पत्रकार भन्ने नारा सहित राष्ट्रिय पत्रकारिता दिवस २०८३ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विहिबार एक विशेष समारोह बीच राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता र उक्त मन्त्रालयका मन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान २०८२ बाट चन्द्रकिशोर झा, पर्सा र नम्रता शर्मा काठमाडौं सम्मानित भएका छन् ।
नेपाली पत्रकारिताको क्ष्ँेत्रमा दुईदशक भन्दा बढी समयदेखि अविच्छिन्न रुपमा क्रियाशील रही सुसूचित समाज निर्माणमा योगदान पुर्याएवापत उक्त सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ बाट उमेश श्रेष्ठ, काठमाडौं, भोलाकुमार पासवान, सप्तरी र रुपा गहतराज, बाँकेलाई पुरस्कृत गरिएको हो ।
उनीहरुलाई व्यावसायिक पत्रकारिताको माध्यमबाट सूचनाको हक प्रत्याभूति गर्न र समाजलाई सुसूचित तुल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेवापत उक्त पुरस्कारबाट पुरस्कृत भएका छन् ।
दुवै सम्मान तथा पुरस्कारको राशी जनही दुईलाख रुपैयाँ रहेको छ ।
पत्रकारिता क्षेत्र केवल सूचनाको संवाहक मात्र नभई सामाजिक न्यायको उत्प्रेरक पनि भएको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले विकास, सुशासन र सामाजिक रूपान्तरणका मुद्दा जनतासम्म पु¥याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जनाए ।
मन्त्री तिमिल्सिनाले आगामी दिनमा पत्रकारिता क्षेत्र थप व्यावसायिक र जिम्मेवार हुने, अपेक्षा सहित सम्मानित र पुरस्कारका लागि सिफारिस गर्नुहुने पत्रकारिता क्षेत्र र मन्त्रालय सम्वद्ध सिफारिस समितिप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
प्रतिक्रिया