May 30, 2026
मुख्य समाचार सबै

बैशाख १ गते नयाँ वर्षको दिनमात्र फूल्ने सलहेश प्रेमको प्रतीक

काठमाडौं–नयाँ वर्षको एकगते फूल्ने सलहेश(सुनाखरी) फूलेको छ ।

वर्षको एकपटक मात्र फुल्ने सुनाखरी फूल हेर्न आउनेको भीड छ । सिरहाको लहान नगरपालिका १२ र २२ को सीमानामा उक्त फूल फूलेको छ । उक्त सीमानालाई अहिले धार्मिकस्थल सलहेश फूलबारीको नाम दिइएको छ ।
सुनाखरीलाई जडीबुटी मात्र नभई आस्थाको केन्द्र समेत मानिने सलहेश फूलबारीमा प्रत्येक नयाँ वर्षमा मात्र फूल्ने ‘सुनाखरी’ फूल मुख्य आकर्षणको रुपमा हेरिने गरिन्छ । जनविश्वास र किंवदन्ती अनुसार राजा सलहेश र उनकी प्रेमिका मालिनको प्रेमको प्रतीकको रूपमा यो फूल विक्रम सम्वत वैशाख १ गतेका दिन मात्र फूल्ने गर्दछ ।


यस अनौठो प्राकृतिक चमत्कारलाई हेर्न र सलहेश तथा मालिनको पूजाअर्चना गर्न स्वेदशमात्र नभई भारतदेखिका दर्शनार्थीहरु आउँछन् ।

अहिले यो फूल्ने सलहेशलाई प्रकृति र मानव बीचको सम्बन्धलाई जोडिएको छ । यो जडीबुटीहरुलाई धार्मिक आस्थासंग जोडेर जगेर्ना गरी संरक्षण गर्नु पर्ने स्थानीयको दावी छ ।

प्रतिक्रिया