काठमाडौं– अमेरिकी सेनाले इरानका बन्दरगाहहरुमा नाकाबन्दी गर्न सुरु भएका छन् । अमेरिकाले सोमबार नेपाली समय अनुसार बिहान १० बजेबाट गर्ने जनाएको छ ।
उक्त नाकावन्दीले इरानलाई भने कुनै असर पारेको छैन ।
होर्मुज जलडमरु जलमार्ग हुँदै अन्य देशबाट आवतजावत गर्ने पानीजहाजहरुलाई बाधा नपुर्याइने बताइएको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिकमा अमेरिकी जलसेनाले उक्त जलमार्ग आवतजावत गर्ने जहाजहहरुलाई नाकाबन्दी गर्ने भनेका थिए ।
तर आइतवार राति पत्रकारहरुसंग कुरागर्दै ट्रम्पले इरान वार्तामा नफर्किए पनि आफूलाई आपत्ति नभएको जनाए ।
पाकिस्तानमा भएको अमेरिका–इरान शान्तिवार्ता विफल भएपछि तेलको मूल्यमा १०० डलर प्रतिब्यारल नाघेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
इस्लामाबाद वार्ताबाट परिणाम नआएपछि ट्रम्पले इरानमा हवाई आक्रमण पुनः सुरु गर्नेबारे विचार गरिरहेका बताइएको छ ।
प्रतिक्रिया