काठमाडौं– राजा ज्ञानेन्द्र शाहले राजनीति र शासन प्रणालीमा कोरा परिवर्तन मात्र भएको र देश प्रयोगशाला मात्रै बनेको बताउनु भएको छ ।
नयाँ वर्ष २०८३ सालको पूर्वसन्ध्यामा सोमबार भिडियो संदेश जारी गर्दै उक्त शुभकामना दिनु भएको हो ।
उहाँले विगतका त्रुटिहरू सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्नुपर्नेमा जोड दिंदै देश चौतर्फी समस्यामा रहेको र सही नेतृत्व र स्रोतको उपयोगले देशलाई लयमा फर्काउन सकिने बताउनु भएको छ ।
राजा शाहले आन्तरिक सुरक्षा र नागरिकका अधिकारप्रति सरकारलाई ध्यान दिन आग्रह गर्दै युवाको सहभागितालाई लिएर उनी सकारात्मक भएका छन् ।
देश चौतर्फी समस्याको चाङमा रहेको, राजनीति, राज्यपद्धति र शासनप्रणालीको हेरफेर कोरा परिवर्तनमात्र भएको उहाँले बताएका छन् ।
अहिले राज्य संचालन र राजनीति गतिविधिमा युवापिँढीको सहभागिता बढ्नु राम्रो भएको राजा शाहले बताउनु भएको छ ।
उहाँले आन्तरिक सुरक्षा प्रणाली मजबुद बनाउन जोडदिए । उहाँले राजनीतिमा निषेध हुन नहुने र देशका समस्याहरुको संवैधानिक समाधान खोज्न सर्वसाधारणहरुसँग आग्रह गरेका छन् ।
राजा शाहले भिडिओ संदेशमा भनेका छन् ‘आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने वस्तुको खोजी गर्नुपर्ने छ ।’
प्रतिक्रिया