July 28, 2026
अर्थ तथा कृषि सबै

कार्यमूलक लेखापरीक्षण र नागरिक सहभागिताबारे एकदिने अभिमुखिकरण


काठमाडौं– महालेखापरीक्षकको कार्यालय काठमाडौले नेपालमा महालेखापरीक्षकको कार्यालयव्दारा गरिने कार्यमूलक लेखापरीक्षण र नागरिक सहभागिताबारे एकदिने अभिमुखिकरणको आयोजना गरेको छ ।

महालेखापरीक्षकको कार्यालयले बिहिबार नागरिक सहभागितामा कार्यमूलक लेखापरीक्षण सम्बन्धी अभिमुखिकरण तथा अन्तत्र्रिmया गरेको हो ।
अख्तियार प्राप्त अधिकारीले उपलव्ध स्रोत साधनको खर्च गर्दा वा आम्दानी गर्दा मितव्ययिता, कार्यदक्षता र प्रभाविकारिताको पक्ष्ँलाई ख्याल गरे नगरेको परीक्षण गर्ने कार्य नै कार्यमूलक लेखापरीक्षण भएको कार्यक्रममा बताइएको थियो ।

कार्यमूलक लेखापरीक्ष्ँणको पृष्ठभूमी र नेपालको सन्दर्भमा नेपालको संविधान २०१९मा भएको तेस्रो संशोधन २०३७ सालबाट सुरुवात भएको र २०४६ सालादेखि छुटै प्रतिवेदन दिन थालिएको कार्यक्रममा बताइयो ।

नेपाल अधिराज्यका महालेखा परीक्षकको वार्षिक प्रतिवेदन कार्यमूलक लेखा परीक्षण २०४६ मात्र दस्तावेजको रुपमा रहेको पाइएको छ ।
कार्यमूलक लेखापरीक्ष्ँण २०३७ सालदेखि हुदै आएको छ । नागरिकको जीवनमा महालेखापरीक्षणले परेको प्रभावका बारेमा पनि जानकारी गराइएको थियो । अभिमुखिकरण कार्यक्रममा लेखापरीक्षणका ५ सी हुनुपर्ने, कार्यमूलक लेखापरीक्षण र नागरिक सहभागितामा लेखापरीक्षण सम्बन्धी जानकारी महालेखापरीक्षको कार्यालयका निर्देशक नीरप्रसाद सुवेदीले आफ्नो कार्यपत्रमा पुस्तुत गरेका थिए ।

पछिल्लो समयमा नागरिक सहभागितात्मक लेखापरीक्षणबारे जानकारी दिन थालिएको छ । नेपालमा नागरिक सहभागितात्मक लेखापरीक्षण व्यवस्था र अवस्थाबारे शासकिय व्यवस्था लेखापरीक्षण विभागका नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुति गरेका थिए ।


कार्यक्रमको समापन अर्थ, राजश्व तथा कार्यमूलक लेखापरीक्षण विभागका उपमहालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारीले गरेका थिए ।

प्रतिक्रिया