July 28, 2026
सबै

मनाए गुरुङ समुदायले ल्होसार

काठमाडौँ — गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।

काठमाडौंको टुँडिखेलमा आफ्नोे परम्परागत भेषभूषामा सजिएर गुरुङहरुले सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ ।

यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतीकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ समुदायले सर्प वर्गलाई बिदाइ र घोडा वर्गको स्वागत गरेका छन् । गुरुङ बाहुल्य भएका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा यो ल्होसार मनाइएको छ । यसैगरी पुस १५ को रातसबैभन्दा लामो हुने र त्यसपछि दिनहरू लम्बिँदै जाने भएकाले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकको रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया