July 28, 2026
सबै

बङ्लादेशकी प्रथम महिला प्रधानमन्त्री जियाको निधन

बङ्लादेशकी प्रथम महिला प्रधानमन्त्री जिया

काठमाडौं– बङ्लादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिइन् ।
जियाको बङ्लादेश नेसनलिष्ट पार्टी (बीएनपी) ले जनाएको छ । उनी विभिन्न रोगले ग्रस्त र अवस्था गम्भिर भएको उपचारमा रहेका चिकित्सकले जनाएका छन् । उनी उनी सन् १९९१ मा पहिलो पटक महिला सरकार प्रमुख बनेकी थिइन् ।
६ अगष्ट २०२४ जिया सन् २००१ मा प्रधानमन्त्री पदमा फर्किएकी थिइन् र आम चुनावको मुखमा सन् २००६ को अक्टोबर महिनामा उनी पदबाट बाहिरिएकी थिइन् ।


गत वर्ष प्रधानमन्त्री पदबाट अपदस्थ भएकी अवामी लिगकी नेत्री शेख हसिनासँगको लामो समयदेखिको राजनीतिक प्रतिस्पर्धा र भ्रष्टाचारको आरोपका कारण जियाको राजनीतिक जीवन बिग्रिएको थियो।


बङलादेशका दिवंगत राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन् । सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी जिया ५ वर्षका लागि जेलमा परेकी थिइन् ।
उनीमाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप थियो ।

प्रतिक्रिया