May 30, 2026

काठमाडौं– देशभर ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइको छ । राष्ट्र निर्माता वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार विविध कार्यक्रम गरी मनाइएको हो ।


प्रधानमन्त्री सुशीला कार्कीले,वडामहाराजाधिराज पृथ्वीनारायण शाहसहित यो एकीकृत राष्ट्र निर्माणमा योगदान गर्ने प्रत्येक वीर योद्धाहरूमा हार्दिक श्रद्धासुमन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले सिंगो मुलुकलाई सुन्दर, शान्त र एकताबद्ध राख्न हामी सबैलाई प्रेरणा मिलोस, भनि आफ्नो धारणा राख्नु भएको छ । सरकारले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यअपर्ण गरी उहाँको संझाना गरेको छ ।


त्यसैगरी राजा पृथ्वीनारायण शाहको देवसान भएको नुवाकोटको देवीघाट, नुवाकोटकै पुरानो सदरमुकाम नुवाकोटमा राजा पृथ्वीनारायण शाहको तस्बिर लिएर बाजागाजा बजार परिक्रम गर्नुको साथै नुवाकोट सदरमुकाम नुवाकोट भैरवी मन्दिर परिसरमा नेपाली सेनाले सलामी अपर्ण गरेको छ । त्यसैगरी उहाँको जन्मस्थान गोरखामा पनि संझना गरिएको छ ।


नुवाकोटको देवीघाटमा आइतबार गरिएको कार्यक्रममा नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङको प्रमुख आतिथ्यता तथा विदुरनगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा भएको छ भने विदुरनगर उपप्रमुख प्रभा बोगटीको विशेष आतिथ्यमा देवीघाटस्थित पृथ्वी स्मारक क्षेत्र विकास समितिको प्रांगणमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको थियो ।


कार्यक्रममा विदुरनगरपालिकाभित्रका वडाअध्यक्षहरु,हास्यकलाकार सन्तोष पन्त, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ–संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, बुद्धिजीवीहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सर्वसाधारण, संचारकर्मी, जिल्लास्थित नेपाल सरकारका प्रमुख तथा प्रतिनिधि तथा कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले राष्ट्रिय एकता, सामाजिक सद्भाव, ऐतिहासिक चेतना, सहकार्य र आपसी सम्मानका साथ अघि बढ्न प्रेरणा दिने जनविश्वास विभिन्न वक्ताहरुले जनाएका थिए ।
कार्यक्रममा सहभागी हुन गएका नेपाल ऋषि प्राज्ञ डा.गुरुङको नुवाकोट, त्रिशूली र तादीको सङ्गम देवीघाटमा वडामहाराजाधिराज पृथ्वीनारायण शाहको पार्थिव शरीरलाई दाह संस्कार गरिएको शिला पुगेर ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुण्य अवसरमा त्रिशूली र तादीको सङ्गममा पञ्चस्नान गरेर आफ्ना तीनवटै कुलका पितृ तथा मातृहरुलाई जल तर्पण गरिएको जनाएका छन् । उनले शाह राजाहरुको पनि भारद्वाज गोत्र र म क्ह्रोँगि लामा गुरुङको पनि भारद्वाज गोत्र रहेको जनाउदै वडामहाराजाधिराज पृथ्वीनारायण शाह र वीरेन्द्रका सकल परिवारको नाउँमा जल तर्पण गरेको जनाए । त्यसपछि भगवान् सूर्य नारायणलाई जलको अर्घ चढाएको र त्यसपछि वडामहाराजाधिराज शाहको पार्थिव शरीरलाई दाहसंस्कार गरिएको पवित्र शिलालाई माल्यार्पण गरेर ढोग गरेको जनाएका छन ।


त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताए ।


पार्टीद्वारा आइतबार काठमाडौमा आयोजित ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा उनले शाहले मुलुकको एकीकरणमा पु¥याएको योगदान र आदर्शबाट पाठ सिकेर अघि बढ्नु पर्ने बताए । राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको जनाइएको छ ।